१३ बैशाख २०८१, बिहिबार

काँग्रेस वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट उम्मेदवार सिफारिस


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो ।

यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन् ।

यसैगरी क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् ।

प्रदेश (क) प्रत्यक्षमा प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !