८ बैशाख २०८१, शनिबार

गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

हिजो शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

यसअघि कास्की क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भए पनि उनले आफू काठमाडौं ४ बाटै उमेदवार बन्ने स्पष्ट पारेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि थापा सोही निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरेर निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !