८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाबाट मिडिया काउन्सिल विधेयक स्वीकृत


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले मिडिया काउन्सिल विधेयक, २०७६ लाई स्विकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई स्वीकृत गर्नु अघि बैठकमा विधेयक माथि सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको सञ्चारमन्त्री कार्कीले जवाफ समेत दिएका थिए । विधेयकलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई पनि दफाबार छलफलको लागि समितिमा पठाएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिला आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै उक्त विधेयकलाई समितिमा पठाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !