११ बैशाख २०८१, मंगलबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो


गोविन्द बन्दी संसद

काठमाडौं । प्रतिनिधिसभाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समिति पठाएको हो ।

प्रतिनिधिसभाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’दफावार छलफलका लागि संसदीय समिति पठाएको हो ।

आज शुक्रबार प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १९ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !