७ बैशाख २०८१, शुक्रबार

देव गुरुङको चिन्ता : नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाए


देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

महासचिव गुरुङले नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको बताएका हुन् । उनले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको समेत बताए ।

उनले अहिलेको विदेशी शक्ति केन्द्रहरुको संकट समाधानका लागि एकजुट हुन सबै दलहरुलाई आब्हान समेत गरे । उनले राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीति गर्ने अवस्था आउने भन्दै गुरुङले पहिला राष्ट्र जोगाउन सर्वदलीय सरकार निर्माण गरेर भएपनि सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन आवश्यक रहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !