६ बैशाख २०८१, बिहिबार

कैलाली-५ मा कांग्रेस नेत्री आरजु देउवा उम्मेदवार सिफारिस


डा. आरजु राणा देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभा सदस्यको सर्वसम्मत उम्मेदवारको लागि सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकी केन्द्रीय सदस्य देउवा नाम एकल सिफारिसमा परेको हो । यस्तै  समानुपातिक तर्फ संघीय सांसदमा नेपाली कांग्रेसकी  केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजुको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् ।

यद्यपि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ । राणा २०७४ सालको निर्वाचनमा पनि यहीँबाट उम्मेदवार बनेकी थिइन् ।

उनी वाम गठबन्धनका नारदमुनि रानासँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !