१२ बैशाख २०८१, बुधबार

झापा-१ बाट कांग्रेस महामन्त्री शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री शर्माले अव झापा-१ बाट चुनाव लड्ने पक्का भएको हो ।

महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो । शर्माले काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज उनी झापा-१ बाट चुनाव लड्ने निश्चित भएको हो ।

शर्माले भदौं १४ गते मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका थिए ।

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।

यो पनि पढ्नुहोस्

विश्वप्रकाशको घोषणा : झापा-१ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !