१३ बैशाख २०८१, बिहिबार

विधायन समितिबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित


विधायन व्यवस्थापन समिति

काठमाडौँ । विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता विधेयकलाई हुबहु पारित गरेको हो ।

आज बुधबार बसेको विधायन समितिको विधेयकमा बहुमतले कुनै संशोधनबिना नागरिकता विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले जस्ताको त्यस्तै पास गरेको नागरिकता विधेयक व्यवस्थापन समितिबाट पनि हुबहु पारित भएको थियो ।

विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन जना सांसदले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी स्वतन्त्र हैसियतबाट सांसद बनेका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत राखेका थिए ।

जम्मा १५ जना सांसदमध्ये बाँकी १० जना सदस्यहरूको बहुमतले नागरिकता विधेयक विधेयक हुबहु पारित भएको थियो । विधेयकको पक्षमा समिति सदस्यहरु जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. बेदुराम भुसाल, गङ्गा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले समर्थन गरेका थिए ।

अव विधायन समितिले उक्त विधेयक भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रियसभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !