१२ बैशाख २०८१, बुधबार

नायिका रेखा थापा मोरङबाट चुनाव लड्ने तयारीमा


रेखा थापा

काठमाडौँ । नायिका रेखा थापाले मोरङबाट चुनाव लड्ने तयारी गरेकी छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा नेतृ थापाले मोरङबाट उठ्ने तयारी गरेकी हुन् ।

आसन्न निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो । उनी आज मंगलबार बिहानैदेखि गृह जिल्ला मोरङमा राप्रपाको चुनावी सभामा सक्रिय रहेकी छन् । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ ।

उनको नाम पछिल्लो समय मोरङ क्षेत्र नम्बर ६ मा पनि चर्चामा रहेको छ । नेकपा एमालेसँग राप्रपाको तालमेल भए थापाले उम्मेदवार बन्ने तयारी गरेकी हुन् ।

मोरङ क्षेत्र नम्बर-६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित जस्तै भएको छ । एमालेले लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ ।

तर पण्डितको लोकप्रियता घटेकोले राप्रपासँग गठबन्धन भए मोरङ ६ राप्रपालाई छाड्ने सम्भावना पनि रहेको छ । राप्रपासँग तालमेल भए क्षेत्र नम्बर ६ मा रेखा थापालाई उठाउने तयारी छ । रेखा थापाले गठबन्धन भए मोरङबाट उम्मेदवार बन्ने बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !