७ बैशाख २०८१, शुक्रबार

नेपाल बारले उपलब्ध गरायो महाभियोग सिफारिस समितिलाई प्रमाण (पूर्णपाठसहित)


नेपाल बार एसोसिएशन

काठमाडौं । नेपाल बार एसोसिएसनले महाभियोग सिफारिस समितिलाई विभिन्न प्रमाण उपलब्ध गराएको छ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बारले प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको हो ।

जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।

महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ । समितिले माग गरेबमोजिम बारको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने ‘आधार’ प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारलाई पेस गरिएको छ । एसोसिएसनले महाअभियोग प्रस्ताव पारित गरेर जबरालाई पदमुक्त गरिदिन पनि संसद्लाई अनुरोध गरेको छ ।

बारले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो । समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।

यस्तो छ नेपाल बारले महाभियोग सिफारिस समितिलाई उपलब्ध गराएको प्रमाण (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !