१३ बैशाख २०८१, बिहिबार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै


कार्यदलको बैठक

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको गत शुक्रबार बसेको कार्यदलको बैठकले दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेका कारण बैठकले सिट बाँडफाँटको टुंगो लगाउन सकेको थिएन् ।

साउनको तेस्रो सातादेखि कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन सकिएको छैन् ।

सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !