७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन


प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनका लागि प्रधानमन्त्री देउवा काठमाडौँदेखि आज यहाँ आएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।

प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !