७ बैशाख २०८१, शुक्रबार

जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ, हार्ने छुट छैन : अध्यक्ष ओली


केपी ओली पोलिटब्युरो बैठक

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नै पर्ने बाध्यता भएको हार्ने छुट नभएको स्पष्ट पारेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन् । उनले जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन् ।

ओलीले इतिहासका निर्माता जनता हुन् भनेर बुझ्न पनि पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । उनले समृद्ध नेपाल सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको पनि स्पष्ट पारे ।

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन् ।

बैठकमा पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन लगायत पेश गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !