२४ मंसिर २०७९, शनिबार

गाई चुनाव चिन्ह नदिनुमा आयोगको बदनियत देखियो, अदालत जानेछौ : अध्यक्ष थापा


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई गाई चुनाव चिन्ह नदिनुमा निर्वाचन आयोगको बदनियत देखिएकोले आयोगको स्वेच्छारीताविरुद्ध न्यायको निम्ति पुन: अदालत जाने संकेत गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष थापाले कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको भएको दावी गरेका छन् ।

उनले राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको आयोगले उपेक्षा गरेको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेका छन् । उनले सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुले आयोगको बदनियत प्रष्ट देखिएको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो।राप्रपा नेपालले पटकपटक “गाई”चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !