११ बैशाख २०८१, मंगलबार

निर्वाचनअघि माओवादीसँग एकता हुँदैन, कलम चिन्ह लिएरै चुनाव लड्छौँ : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । पूर्वाप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता आगामी निर्वाचनअघि नहुने स्पष्ट पारेका छन् ।

आज मंगलबार संसद् भवन नयाँबानेश्वरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनअघि माओवादीसँग एकता सम्भव नभएकोले आफ्नै पार्टीको कलम चिन्ह लिएर आगामी चुनावमा जाने बताएका हुन् ।

अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी मात्र भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिह्नमा लड्ने प्रष्ट पारेका हुन् ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाइ छ । उनले माओवादी केन्द्रसँग चुनावअघि एकताको सम्भावना नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !