१३ बैशाख २०८१, बिहिबार

एमाले स्थायी कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा निर्वाचन तयारीबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको हो ।

एमालेको यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनका लागि तयारी गर्न भन्दै भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको थियो । एमालेले आज भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

आजको बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन घोषणासँगै दलहरुका बैठक निर्वाचनमा केन्द्रित हुन थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !