१३ बैशाख २०८१, बिहिबार

संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित


शोक प्रस्ताव पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाली काँग्रेसका सांसद प्रदिप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

नेपाली काँग्रेस पार्टीबाट वि.सं.२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं.५ बाट, वि.सं.२०६४ र वि.सं.२०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य तथा वि.सं.२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं.१ बाट निर्वाचित सदस्य गिरीको ७५ बर्षको उमेरमा यही भाद्र ४ गते शनिबार राती साँढे नौ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक प्रकट गर्न एक मिनेट मौन धारण समेत गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक भोलि भाद्र ७ गते बिहान १० बजेका लागि डाकिएको छ ।

यसैबीच, आजै बसेको राष्ट्रिय सभाको बैठकले पनि स्व. सांसद गिरीको निधन प्रति शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाको बैठकमा पनि शोक प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भाद्र १२ गते दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !