११ बैशाख २०८१, मंगलबार

राजकीय सम्मानका साथ प्रदीप गिरीको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि


प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्तत: समाजवादी चिन्तक समेत रहेका गिरी पञ्चतत्वमा मिलेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गरे । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण गर्यो । स्व. गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका सांसद गिरीको गएराति निधन भएको हो ।

गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरीका श्रीमती र एक छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !