८ बैशाख २०८१, शनिबार

गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष ओली आर्यघाटमा


ओली आर्यघाटमा

काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

अध्यक्ष ओलीले पशुपति आर्यघाटमा चितामाथि राखिएको गिरीको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन् । घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो । गिरीको शवलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !