माओवादीको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने Nepalpatra माओवादीको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने
१० आश्विन २०७९, सोमबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने


माओवादी स्थायी समिति बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक अव आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको हिजो शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको थियो ।

हिजो बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउन असफल भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

पार्टीको महासचिवका लागि धेरै नेता आकाङ्क्षी देखिएका कारण पटक-पटक पदाधिकारी चयन गर्ने भनिए पनि हुन सकेको थिएन । सम्भवतः आजको बैठकले पदाधिकारीको चयन गर्ने छ ।

यसअघि बसेको बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !