१२ बैशाख २०८१, बुधबार

गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतासँग छलफल गर्ने


कार्यदलको बैठक

काठमाडौँ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको आजको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा प्रयाप्त गृहकार्य नपुगेको भन्दै खाका प्रस्तुत नगरी आजको बैठक सकिएको हो ।

यसअघिको बैठकले संयोजक कृष्णप्रसाद सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गरी खाका प्रस्तुत गर्ने सहमति भएको थियो । तर शीर्षस्थ नेताहरुसँग छलफल हुन नसकेपछि खाका ल्याउन नसकिएको हो ।

संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको एक सदस्यले जानकारी दिए । अव शनिबार बस्ने बैठकमा खाका प्रस्तुत गरिने भएको छ ।

शनिबारको बैठकअघि संयोजक सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गर्ने बताइएको छ । हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !