७ बैशाख २०८१, शुक्रबार

उपसभापति गुरुङकाे नेतृत्वमा काँग्रेसद्वारा आयोगमा दल दर्ता


काँग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज मंगलबार दल दर्ता गरेको हो ।

काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेका थिए । उनीहरुसंग सहयोगीका रुपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए ।

आजै नेकपा निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि दल दर्ताको समयसीमा आज मंगलबारसम्म दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !