काँग्रेस सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित Nepalpatra काँग्रेस सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित
२० मंसिर २०७९, मंगलबार

काँग्रेस सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य थप गरिएको छ । प्रधानमन्त्री समेत रहेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

थप गरिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

आज मंगलबार देउवाले उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले काङ्ग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !