७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिकी पुत्री उषाकिरणलाई काठमाडौँ-२ बाट चुनावमा उठाउने एमालेकाे तयारी


उषाकिरण भण्डारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीकी पुत्री उषाकिरण भण्डारीलाई काठमाडौँको निर्वाचन क्षेत्र नम्वर २ बाट आसन्न निर्वाचनमा उठाउने तयारी गरेको छ ।

एमालेका तत्कालिन महासचीव स्व. मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरणलाई काठमाडौँको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठाउने तयारी गरेको हो ।

एमालेले पार्टीको विदेश विभागकी सदस्य भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट चुनाव लड्ने तयारी गर्न भनेको बालकोट स्रोतले बताएको छ । भर्खरै मात्र भण्डारीलाई एमाले काठमाडौँ जिल्ला कमिटीको सदस्य मनोनीत गरेलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !