११ बैशाख २०८१, मंगलबार

नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने सत्ता गठबन्धनको निर्णय


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गठबन्धनले पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको हो ।

प्रतिनिधि सभाबाट साउन ८ गते र राष्ट्रिय सभाबाट साउन १२ गते पारित नागरिकता विधेयकलाई साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपतिले साउन २९ गते १५ बुँदे सुझावसहित पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !