६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने


माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको बताएको छ । आज बस्ने भनिएको बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यलगायतका विषयमा छलफल बताइएको थियो ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मौखिक सहमति जनाएका छन् ।

उक्त मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारी लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताए ।साथै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि आज बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !