१३ बैशाख २०८१, बिहिबार

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु


राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । राप्रपा नेपाल केन्द्रिय कार्य समितिको बैठक काठमाडौंमा शुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाले “बर्तमान राजनितिक परिस्थिति तथा भाबी कार्यदिशा” सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिबेदन प्रस्तुत हुनेछ ।

आजदेखि सुरु भएको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक भोलि मंगलबार साउन ३१ गते सम्पन्न हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !