७ बैशाख २०८१, शुक्रबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए ।

उनका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा आसन्न निर्वाचनको घोषणापत्र लगायत आवश्यक तयारी, निर्वाचन लक्षित विभिन्न समिति निर्माण गर्ने तयारी रहेको छ ।

यस्तै बैठकले २२ बुँदे मागका सम्बन्धमा जारी आन्दोलनको समिक्षा, तेश्रो चरणको आन्दोलन र पार्टीको भावी रणनीति तय पनि गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !