८ बैशाख २०८१, शनिबार

जनप्रतिनिधिलाई कांग्रेसले आजदेखि प्रशिक्षण दिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिँदै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दिने अभिमूखिकरण एवं प्रशिक्षण दिन लागेको हो ।

काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार ७ सयभन्दा बढी सहभागीहरूसहित अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जनप्रतिनिधिको नाम दर्ता गरिएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा आज सोमबार र भोलि मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे ललितपुरको होटल हेरिटेज गार्डेनमा अभिमुखीकरण एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । उक्त कार्यक्रमको आयोजना काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्दैछ ।

कांग्रेसबाट ३२९ जना प्रमुख-अध्यक्ष र ३०१ जना उपप्रमुख-उपाध्यक्ष निर्वाचित भएका थिए । आगामी निर्वाचनको तयारीको रूपमा पनि कांग्रेसले यो प्रशिक्षणलाई लिएको छ । मङ्सिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !