१३ बैशाख २०८१, बिहिबार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

सांसद सुवालको नियमापत्ति पछि ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या एकीन गर्दा कम्तिमा पनि एक चौथाई अर्थात् ६९ जना हुनु पर्नेमा जम्मा ६७ मात्र देखिए पछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !