७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले आज शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

सरकारले अघि बढाएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई सकेर शीतल निवास पुगेपनि राष्ट्रपति भण्डारीले सो विधेयकलाई अध्ययन गर्ने भन्दै प्रमाणीकरण नगरी रोकेर राखेको बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटवार्ता नागरिकता विधेयक, आगामी निर्वाचन तयारी लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय विशेष स्रोतले बताएको छ ।

दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दल र नागरिक समूहले सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !