१३ बैशाख २०८१, बिहिबार

काँग्रेसले सभापति देउवालाई दियो ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ पठाउने जिम्मेवारी


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ पठाउने जिम्मेवारी दिएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ दिन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई जिम्मेवारी दिएको हो ।

आगामी भदौ १० गतेदेखि २४ गतेसम्म कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने भएको छ । काँग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने मिति तय गरेको हो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ‘राष्ट्रव्यापी अभियान–२०७९’ भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । यसअघि भदौ २ देखि गर्ने भनिएको सो अभियानको मिति परिवर्तन गरिएको हो ।

यसैगरी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गनेै निर्णय पनि गरेको छ । सोका लागि केन्द्रिय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टीको विधान बमोजिम प्रक्रिया पुर्याएर सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको हो । आज बैठक जम्मा ५ मिनेट बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !