काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै Nepalpatra काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
२१ मंसिर २०७९, बुधबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्ने बताइएको छ ।

बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन, साउन ३० र ३१ गते पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको आयोजना गरिएको भेला तथा प्रशिक्षण कार्यक्रमको विषयमा समेत छलफल हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !