१२ बैशाख २०८१, बुधबार

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी


एमालेको सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक जारी रहेको हो ।

सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि मंसिर ४ हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्न आसन्न निर्वाचनका लागि चुनावी रणनीतिबारे छलफलका लागि बैठक जारी रहेको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका साथै निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने भएको हो । बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने प्रवल सम्भावना पनि रहेको छ ।

एमालेले विचार र मुद्दा मिल्ने दलहरुसँग गठबन्धन गर्ने बताएको छ । निर्वाचनको मिति घोषण भएसँगै राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !