७ बैशाख २०८१, शुक्रबार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल गर्ने


एमालेको सचिवालय बैठक

काठमाडौं । आसन्न निर्वाचनका लागि चुनावी रणनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि मंसिर ४ हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्न आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका साथै निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने भएको हो । बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने प्रवल सम्भावना पनि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !