१२ बैशाख २०८१, बुधबार

जापानबाट प्रचण्डले भने- चितवन-३ बाटै चुनाव लड्छु, प्रधानमन्त्री बन्ने दौडमा छैन


प्रचण्ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने तर प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् ।

जापानमा आज पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले विभिन्न जिल्लाबाट चुनाव लड्न आफूलाई प्रस्ताव आएपनि चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् ।

अध्यक्ष प्रचण्ड ४ मंसिरमा घोषित प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट उम्मेदवार बन्ने भएका हुन् । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

साथै प्रचण्डले आफूलाई धेरैपटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यस्तो दौडमा नरहेको बताएका पनि छन् । आफू दुईपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले आगामी चुनावपछि पनि आफू प्रधानमन्त्री हुन लागि छिनाझपटीमा नरहेको बताए । उनले अब आफ्नो चाहना सुशासन र विकासको वातावरण बनोस् भन्ने रहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु