६ बैशाख २०८१, बिहिबार

कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी


नेपाली काँग्रेस केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट संख्याका विषयमा छलफल जारी रहेको देउवानिकट काँग्रेसका एक नेताले बताए । सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भइसकेको छ ।

सभापति देउवाले पहिला पार्टीभित्र आन्तरिक छलफल गर्न बैठक बोलाएका हुन् । पार्टीमा पहिला छलफल गरेपछि सोहीअनुसार अरू बैठकमा प्रस्तुत हुने देउवाको तयारी रहेको छ ।

सत्ता गठबन्धनले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने भएको हो । उक्त बैठकमा आसन्न निर्वाचनमा सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !