८ बैशाख २०८१, शनिबार

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : सांसद ज्ञवाली


प्रदिप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद् प्रदीप ज्ञवालीले कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन नमिल्ने तर्क गरेका छन् ।

प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले वर्तमान सरकार कामचलाउ मात्र भएकाले संसद्लाई ‘बिजनेस’ दिन नमिल्ने तर्क गरेका छन् ।

उनले निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार स्वतः कामचलाउमा परिणत भएको बताए । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

उनले महाअभियोग प्रस्तावउपर छलफल गर्न तीन महिना समय आवश्यक पर्ने भन्दै दिनभरी यो सरकार सुतेर बसेको र चुनावको मुखमा छलफललाई अघि बढाएको टिप्पणी समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !