१२ बैशाख २०८१, बुधबार

गठबन्धन गरेका दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गठबन्धन गरेका दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने बताएको छ । आयोगले दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा सो सुविधा पाउने स्पष्ट पारेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । तर त्यस्तो दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने आयोगले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !