१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको सचिवालयको भन्यो- हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं


प्रचण्‍ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल ‘एक चीन नीति’प्रति प्रतिवद्ध रहेको बताएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट रहेको भन्दै चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति पार्टीको विरोध रहने बताएका छन् ।

आज जापान जानुअघि अध्यक्ष प्रचण्डको सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

चीनको विरोधका बाबजुत अमेरिकी संसद्की सभामुख न्यान्सी पोलिसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवान सीमा क्षेत्रमा मिसाइल परिक्षण गरेर युद्ध अभ्यास जारी राखेको छ ।

उनले लेखेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !