७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीले भन्छन्- बहुमत ल्याउनेमा हामी ढुक्क छौं


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनेमा एमालेले ढुक्क रहेको दृढता व्यक्त गरेका छन् ।

आज शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने दावी गरेका हुन् ।

ओलीले अब निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको एक कार्यक्रममा उनले एमालेले अहिलेको निर्वाचन हार्न नमिल्ने भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्नेमा जोड दिए ।

जनमत आफूतिर पार्ने महासंग्राममा होमिन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिंदै एमालेलाई दुईतिहाई बहुमत आवश्यक रहेको स्पष्ट पारे ।

उनले आफू सरकारबाट हटेपछि देशमा भ्रष्टाचार बढेको दाबी गर्दै गठबन्धनममा रहेका नेताहरुको उद्धेश्यमाथि समेत प्रश्न उठाए । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गर्दै कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले आअरोप समेत लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !