११ बैशाख २०८१, मंगलबार

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय


मोहन वैद्य र धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता गर्ने निर्णय भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ बीच पार्टी एकता गर्ने सहमति भएको हो ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्य र नेकपा बहुमतका संयोजक बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । आज शुक्रबार विहान बसेको बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ । साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वान गरेका छन् ।

क्रान्तिकारी मा‌ओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !