८ बैशाख २०८१, शनिबार

आयोगले भन्यो- १०७ दिनभित्र निर्वाचन गर्न आयोग सक्षम छ


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले १०७ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आयोग सक्षम रहेको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निष्पक्ष निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित हुने पनि प्रवक्ता पौडेलले बताए । निर्वाचन ऐन २०७३ अनुसार १२० दिनभित्र निर्वाचन मिति घोषणा गर्ने कानुनी प्रावधान रहेपनि आजदेखि गणना गर्दा मंसिर ४ गतेसम्म १०७ दिन मात्र बाँकी छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति घोषणा गरेकोमा आयोगले अपेक्षित भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगमा आयोजित पत्रकार सम्मेलन सो कुरा बताएका हुन् ।

यसअघि निर्वाचन आयोगले सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको थियो । आयोगले मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरेतापनि मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गर्ने निर्णय गरेको हो ।

निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ गते नै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !