७ बैशाख २०८१, शुक्रबार

निर्वाचनको मिति घोषणा अपेक्षित : प्रमुख आयुक्त थपलिया


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनको मिति अपेक्षित भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगमा आयोजित पत्रकार सम्मेलन सो कुरा बताएका हुन् ।

यस्तै आयोगले १०७ दिनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्न आयोग सक्षम रहेको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निष्पक्ष निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको बताए ।

यसअघि निर्वाचन आयोगले सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको थियो । आयोगले मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरेतापनि मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गर्ने निर्णय गरेको हो ।

निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ गते नै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको चुनाव आउन अब १०७ दिन मात्रै बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !