६ बैशाख २०८१, बिहिबार

कृष्णहरी पुष्करले पाए अर्थसचिवको जिम्मेवारी


कृष्णहरी पुष्कर फाइल फोटो

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरी पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राजश्व सचिवसमेत रहेका पुष्करलाई अर्थसचिव समेत हेर्नेगरी जिम्मेवारी दिइएको हो । यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माका कारण उनी बिदामा बसेका थिए । उनी बिदामा बसेपछि मन्त्री शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए । जनार्दन शर्मा पुन: अर्थमन्त्री भएर आएपछि मरासिनी मन्त्रालयमा आएका थिएनन् ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजिर नभई घर विदामा बसेका थिए । अर्थसचिव मरासिनीले आफैंले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !