८ बैशाख २०८१, शनिबार

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णयको एमालेद्वारा स्वागत

ओली भन्छन्- निर्वाचनको घोषणा स्वभाविक र अपेक्षित


केपी ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।

आज बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको धारणा व्यक्त गरेका हुन् ।

यसरी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेका अध्यक्ष ओलीले स्वागत गरेका हुन् । तर उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन्

संसदको कार्यकाल चुनावसम्मै राख्ने वा चुनावको मिति घोषणा गर्ने विषयमा भने देउवा सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसंग कुनै परामर्श गरेन । एमालेले भने मंसिरमा चुनाव जसरी पनि गर्नुपर्ने र सरकार उक्त मितिमा चुनाव नगराउने खेलमा लागेको भनेर आरोप लगाँउदैं आएको थियो ।

सरकारले प्रतिपक्षी दलसँग चुनावको मिति घोषणा गर्ने बारेमा औपचारिक छलफल आवश्यक नठानेको सरकारका एक मन्त्रीले बताए । निर्वाचनको विषयमा सरकारले परामर्श नगरेपनि एमालेले मंसिर ४ गते निर्वाचन गर्ने निर्णयलाई स्वागत गर्नुलाई सकारात्मक मानिएको छ ।

यो पनि पढ्नुहोस्

आगामी निर्वाचनसम्म संसद कायमै रहने सञ्चारमन्त्री कार्कीको भनाई

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनका दल सहमत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !