१३ बैशाख २०८१, बिहिबार

संघीय गठबन्धनको माग जायज छ, मेरो पूर्ण समर्थन : भट्टराई


Dr-Baburam-Bhattarai

काठमाडौं, जेठ २८ – नयाँ शक्ति नेपालका संयोजक एवं पूूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उपेन्द्र यादव संयोजक रहेको २९ दलीय संघीय गठबन्धनको माग जायज रहेको भन्दै आफूले पूर्ण समर्थन गरेको बताउनुभएको छ ।

गठबन्धनको खुला मञ्चमा जारी रिले अनशलाई समर्थन गर्न बिहीबार खुला मञ्च पुग्नुभएका संयोजक भट्टराईले गठबन्धनको जायज मागप्रति ऐक्यबद्धता जनाउनु भएको हो । ‘नेपालका मुस्लिम, आदिवासी, जनजातीको हक र हितको लागि नयाँ शक्तिको स्थापना भएको छ, संयोजक भट्टराईले भन्नुभयो, ‘त्यसैले गठबन्धनको जायज मागप्रति नयाँ शक्तिको ऐक्यबद्धता छ ।’

भट्टराईले जेठ ३० गते नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रममा सहभागी हुन समेत सबैलाई आग्रह गर्नुभएको छ । सरकारले आन्दोलनरत दलको माग चाँडो भन्दा चाँडो समाधान गर्नु पर्ने उहाँको धारणा थियो । संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओलीले आन्तरिक समस्यामा गम्भीर नभएर मुलुकलाई अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको बताउनुभयो ।

उहाँले मुलुकमा अन्तराष्ट्रिय शक्तिहरुको हस्तक्षेप रोक्न सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका दलका माग सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

संयोजक भट्टराईले आान्दोलनरत दलका माग सम्बोधनका लागि सीमांकन हेरफेर गरेर संविधान संशोधनको विकल्पको लागि तयार हुनुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !