१२ बैशाख २०८१, बुधबार

सरकारले अमेरिकालाई साउन ९ गते पठायो एसपीपी अघि नबढाउने पत्र


डा. नारायण खड्का

काठमाडौँ । नेपाल सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने पत्र पठाएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभा बोल्दै गत साउन ९ गते एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री खड्काले साउन ९ गते नै कुटनीतिक माध्यमबाट लिखित पत्र पठाइसकिएको जानकारी दिएका हुन् । उनले मन्त्रिपरिषद् बैठकबाट केही समय अघि एसपीपी अस्वीकार गर्ने निर्णय गरेपनि आधिकारिक पत्र पठाउन आन्तरिक परामर्श आवश्यक भएकाले केही ढिलो भएको बताए ।

एसपीपी फिर्ता पठाउने र अघि नबढाउने भनेर २०७९ असार ६ गते मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताउदै मन्त्री खड्काले एसपीपी अघि नबढाउने सरकारको निर्णय भइसकेको र परराष्ट्र मन्त्रालयले सो निर्णय कार्यान्वयन गरिसकेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !