१३ बैशाख २०८१, बिहिबार

अन्तत: राप्रपा नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुल्यो


कमल थापा फाइल फोटो

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको छ । राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो पार्टीलाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको जानकारी दिएका छन् ।

राप्रपा नेपाललाई ‘गाई’ चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय विरुद्ध थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका न्यायधिशहरु आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेपछि अब राप्रपा नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको हो ।

अध्यक्ष थापाले गाई चिन्ह पाउने बाटो खुलेसंगै राप्रपा नेपालले न्याय पाएको भन्दै सर्वोच्च अदालत र न्यायाधीशहरुमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले व्यक्तिगत रुपमा आफूले राहत पाएको महसुस गर्दै अनर्गल आरोपबाट मुक्ति पाएको जनाएका छन् ।

उनले उक्त रिटमा बहस गर्ने अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी, डा.चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र नरप्रसाद थापाप्रति कृतज्ञता प्रकट समेत गरेका छन् । निर्वाचन आयोगलाई पनि धन्यवाद भन्दै व्यंग समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !