१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठकमा आज नागरिकता विधेयक पेस हुने


बालकृष्ण खाण

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक पेस हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफल र पारित गर्नका लागि प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ ।

यस्तै अर्को सम्भावित कार्यसूचीमा नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने पनि समावेश गरिएको छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गरिनेछ ।

यस्तो छ हेर्नुहोस आजको संसद बैठकको सम्भावित कार्यसूची

संसद बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !